संघीय संसद्का दुवै सदनको बैठक बस्दै ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदैछ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्