राष्ट्रपति पौडेल मनाङ आउँदै ।
मनाङ, महामहिम राष्ट्रपति श्री रामचनद्र पौडेल भोली (आइतबार) पर्यटकीय स्थल मनाङ आउनु हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
महामहिम राष्ट्रपति श्री रामचनद्र पौडेल भोली (आइतबार) बिहान ङिस्याङ गाउँपालिका वडा नं–८, मनाङमा फुन्चोक रिम्पुछेद्वारा निर्मित मिलारेपा पार्कको उद्घाटन गर्नु मनाङ आउन लाग्नु भएको हो ।
बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट मनाङ आउने र मिलारेपा पार्कको नजिकै अवरण गर्ने र लामागुरु, स्थानीयले विविध झॉकी सहित स्वागत गरी कार्यक्रम स्थलसम्म लैजाने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुगेपछि पार्कको उद्घाटन गरी त्यहॉ रहेको गुम्बामा द्विप प्रज्वलन गरी पूजा अचर्ना गर्नुहुने छ । राष्ट्रपतिबाट पार्कको उद्धाटन र पूर्जाअचर्ना पछि प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले समग्र मनाङ जिल्लाको वस्तु स्थितीको जानकारी सहित आगामी दिनमा सरकारले ध्यान दिनुपर्ने विषयहरुको संक्षीप्त जानकारी गराउनु हुने कार्यक्रम रहेको छ । त्यसपछि लामा गुरुहरु र स्थानीयवासीसंग फोटो खिच्ने कार्यक्रम रहेको छ ।
पार्कको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पॉण्डे विशिष्ट अतिथिका रुपमा उपस्थित् हुनुहुनेछ ।
राष्ट्रप्रमुख अर्थात राष्ट्रपति र प्रदेश मुख्यमन्त्रीले ङिस्याङ गाउँपालिकामा गरेको यो पहिलो औपचारीक भ्रमण भएकाले पनि यस भ्रमणलाई ऐतिहासिक मानिएको छ ।


प्रतिक्रिया दिनुहोस्