मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र हो : गृहमन्त्री

मनाङ, गृहमन्त्री रमेश लेखकले मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्धारमा सशस्त्र प्रहरीले सहयोग पु¥याउने गरी प्रशिक्षित गरिएकाले आगामी दिनमा स्थानीयका साथै पर्यटकलाई सहज हुने विश्वास व्यक्तगरेका छन् ।
मनाङको हुम्डेमा स्थापना गरिएको हाइ अल्टीच्यूट तालिम केन्द्रको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपद्मा उद्धार गर्ने कार्यले देश तथा विदेशका मानिसको विश्वास र भरोसा बढाउँदै गएको बताउनुभएको हो ।
“सीमा सुरक्षा, विपद्बाट मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय छ । यही योगदानले सशस्त्र प्रहरी भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौँ ।” गृहमन्त्री लेखकले भने ।
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकको यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने भन्दै गृहमन्त्री लेखकले पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिए । “अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । विश्वको आकर्षणको केन्द्र मनाङको पर्यटन प्रवद्र्धनका लागि यात्रा सुरक्षित बनाउँदै पर्यटक आगमनलाई वृद्धि गर्न लाग्नुपर्ने उनको भनाई छ ।
कार्यक्रमलाई सम्बेधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा यस तालिमले जिम्मेवारी थप भएको बताए । उनले जल उद्धारलाई जस्तै पर्वतीय उद्धारलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको बताए । “सुरक्षाको प्रत्याभूतिले नै पर्यटक आगमनमा वृद्धि गराउन सकिन्छ । गोताखोरलाई जसरी उद्धारमा जुटेका सशस्त्र प्रहरीलाई जस्तै पर्वतीय उद्धारमा खटिने प्रहरीलाई पनि सेवा सुविधा सम्पन्न गर्न आवश्यक व्यवस्थापन गरिनु पर्ने उनको भनाइए छ । सरकारबाट व्यवस्थापन नहुँदासम्म कल्याणकारी कोषबाट भए पनि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक हजार रुपैयाँ भत्ताको प्रबन्ध गरिने पनि उनले बताए ।
कार्यक्रममा ४५ जना दीक्षित भएका थिए भने कृषिमन्त्री रामनाथ दाहाल, मनाङका प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङ समेतको उपस्थिती रहेको थियो । गृहमन्त्री लेखक मनाङको हुम्डे विमान स्थल पुग्दा नेपाली कॉग्रेस मनाङका नेता तथा अगुवा कार्यकर्ताहरुले खदा–माला लगाएर स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्