काठमाण्डौँ लगायत देशका विभिन्न भागमा बिहानैदेखि वर्षा ।
काठमाण्डौँ, काठमाण्डौँ लागयत देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाण्डौँमा बिहानैबाट मेघगर्जनसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागले आज राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा सहित हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जानएको छ ।


प्रतिक्रिया दिनुहोस्