२०८२ बैशाख १८
वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाण्डौँ, हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते बस्ने गरी बजेट (बर्खे) अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
आफ्ना माग पूरा गराउन काठमाण्डौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्