२०८२ फाल्गुन १३

मा. टेकबहादुर गुरुङद्धारा नयाँबर्ष–२०८२ को शुभकामना ब्यक्त ।


काठमाण्डौँ, आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय टेकबहादुर गुरुङले नेपाली जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने बताएका छन् ।
नववर्ष २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरु सुख, शान्ति, सम्बद्धिका साथै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । शुभकामना सन्देशमा जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गरेका हुन् । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री समेत रहेका गुरुङले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुने बताएका छन् ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएता पनि कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको पनि बताएका छन् ।
समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ वर्ष सफल होस् भन्ने कामना समेत गरेका छन्