२०८२ माघ १९
आज काठमाण्डौँसहित विभिन्न स्थानमा वर्षा हुने ।
काठमाण्डौँ, पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण आज काठमाण्डौँसहित देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज वाग्मती, कोसी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना महाशाखाले जनाएको छ ।
काठमाण्डौँमा दिउँसो १/२ बजेपछि हल्का वर्षा हुने महाशाखाले जनाएको छ । काठमाण्डौँका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षा हुनेछ । मौसम भने बदली भइरहने छ । काठमाण्डौँमा साँझबाट मौसम खुल्ने पनि महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबार पनि मौसममा बदली र वर्षा हुने महाशाखाको अनसमान छ ।


प्रतिक्रिया दिनुहोस्