२०८२ माघ १९

आज तीन प्रदेशमा वर्षा र हिमपात हुन सक्ने, अन्य प्रदेशको मौसम सफा रहने

काठमाण्डौँ, देशमा विधमान पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । अन्य प्रदेशको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।