२०८२ बैशाख १८

बेसीशहर–चामे बसभाडा सार्वजनीक भएन, रुट परमिटको प्रक्रिया शुरु,स्तरउन्नतीको काम युद्धस्तरमा

चामे, लमजुङको बेसीशहरदेखि मनाङसम्म सार्वजनिक बस सञ्चालनको लागी बसेको समन्वय समितिको बैठकले बेसीशहर–चामे बसभाडा सहमती नजिक पुगेको भएपनि सार्वजनिक भने गर्न सकेन ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको बेसीशहर–चामे बस सञ्चालन समितिको बैठकले विविध पक्षमा गहन छलफल गरी सार्वजनिक बस सञ्चालनका साथै बसभाडा सम्बन्धमा लगभग सहमती नजिक पुगेको तर प्राविधि कारणबस हाल बसभाडा सार्वजनिक गर्न नसकिएको प्रजिअ आचार्यले बताए ।
मनाङ जिल्लाका सुरक्षा समितिका प्रमुख, यातायात व्यवस्था कार्यालय, डुम्रेका प्रमुख, यातायात व्यसायी, यातायात मजदुर, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले सार्वजनिक बस सञ्चालनका विविध पक्षमा सहमती गरेको छ । तर सार्वजनिक याता कहिलेदेखि र भाडादर कत्ति भने कुरा सार्वजनिको गरेको छैन । तर हाल सानो सवारी साधनको भाडादर १२५० रुपैयाँभन्दा कम हुने प्रजिअ आचार्यले बताए ।
लमजुङ कालिका यातायात प्रा.लि.सहित केही यातायात प्रालिले बेसीशहर–चामे सार्वजनि बस सञ्चालनको लागी चासो देखाएकाले रुटपरमितका लागि सम्बन्धित निकायमा पत्रचार गर्ने र स्वीकृती प्राप्त भएपछि बसभाडा दर सार्वजनिक गरी बस सेवा सञ्चालन हुने प्रजिअ आचार्यले बताए ।
मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीले बेसीशहर–चामे सडकको स्तरउन्नती गरिरहेको र पहिलेको भन्दा सडकको अवस्था पनि राम्रो भएको छ । त्यसैगरी तिमाङ झरनामा बेलीबृज स्थापनाको लागि शहरी विकास मन्त्रालयबाट स्वीकृती प्राप्त भई सडक डिभिजन कार्यालय दमौली र लमजुङलाई निर्देशन समेत भइसकेकाले ती स्थानमा चाँडै बेलीबृज स्थापना हुने र यातायात सञ्चालन अरु सहज हुने प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले बताए ।
माननीय गुरुङले मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीले बेसीशहर–चामे सडकको स्तरउन्नती नगरिदिएको भए यत्ती चाँडै मनाङमा बस पुग्न सक्ने थिएन भन्दै मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनी परिवारलाई धन्यवाद समेत दिए । त्यसैगरी, बेसीशहर–चामे सडकको स्तर उन्नतीका साथै कालोपत्रे गर्नकालागि सम्बन्धित मन्त्रालय र विभागमा गई आगामी बजेटमा समावेश गर्न आफू लागी परेको पनि बताए ।
त्यसैगरी, सदरमुकाम चामेदखि हुमडे हुँदै माथिल्लो मनाङसम्मको मोटर बाटोको स्तरउन्नतीको काम पनि आप्mनै पहलमा भइरहेको बताए । चामे–हुमडे–माथिल्लो मनाङ सडक अन्र्तगत भ्राताङको अत्यन्त अफठ्यारो सडकको तलेखु–भ्राताङ–स्वर्गद्वारी आयोजना माप्र्mत स्तरउन्नतीको काम भइरहेकाले निकट भविष्यमै माथिल्लो मनाङसम्म सार्वजनिक बससेवा सञ्चालन हुने माननीय गुरुङले विश्वास ब्यक्त गरे ।