जयेन्दु बाल सुधारगृहको झडप नियन्त्रणमा, तीन प्रहरीसहत ४२ जना घाइते ।
बाँके, बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधारगृहमा शनिबार पनि पटक–पटक झडप भएको छ । शुक्रबार राति ११ बजेबाट सुरु भएको झडप शनिबार दिउँसो २ बजे मात्र पूर्णरूपमा नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
पटक–पटक भएको झडपका क्रममा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बाँकेका प्रहरीले जनाएको छ । घाइतेको नेपालगन्जमा उपचार भइरहेको छ । झडप नियन्त्रणमा लिने क्रममा ३ जना प्रहरी पनि घाइते भएका छन् ।
होली मनाउने विषयलाई लिएर दुई पक्षबीच शुक्रबार दिउँसो विवाद भएको थियो । राति अर्को पक्षले सुतेका बेला एक्कासि खुकुरीले आक्रमण गरेपछि विवाद चर्किएको थियो ।
मध्यरातपछि स्थिति शान्त देखिए पनि शनिबार बिहान ११ बजेतिर बालसुधार गृहमा रहेका २ सय ५० बालबन्दी एकसाथ बाहिर निस्केका थिए । त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो ।
दुई पक्षबीच भएको झडपले उग्ररुप लिएपछि एउटा समूहले त्यहाँ खटिएका प्रहरीमाथि समेत आक्रमण प्रयास गरेको थियो । त्यसपछि सुधार गृहमा कार्यरत प्रहरी भागेका थिए ।
मुल गेट तोडफोड गरेर उनीहरूले प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुटपिट गरेका थिए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्