नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने ।
काठमाण्डौँ, नेपाली सेनाले सेना दिवस, २०८१ का अवसरमा फोटो सहित बृहत् प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
यही माघ १५ देखि १८ गतेसम्म सैनिक मुख्यालय जंगीअड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ आयोजना गर्न लागिएकोे जनाएको छ ।
“प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ,” नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, सैनिक पोसाक, ब्यान्ड, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदजस्ता गतिविधि प्रदर्शन गरिनेछ ।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले भनेको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्