२०८१ माघ २६
इजरायल र हमासबीचको कतार वार्ता सफल, युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत ।

काठमाण्डौँ, इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ ।
इजरायल र हमासबीच बुधबार कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएका छन् ।
गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् ।
यद्यपि, इजरायलले यी बन्धकहरूमध्ये ६० जना मात्र बाँचेको विश्वास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्