२०८१ माघ २६

पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण निधन ।

काठमाण्डौँ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ ।
हृदयाघात भएपछि वस्तीलाई थापाथलीको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ ।
उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।
वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनका छोराछोरी अमेरिकामा रहेका कारण आज अपराहन्न मात्र अन्तिम दाहसंस्कार गरिने सूचना प्राप्त भएको सर्वोच्चका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए ।