माननीय टेकबहादुर गुरुङद्वारा तिलिचो सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन ।

काठमाण्डौँ, माननीय टेकबहादुर गुरुङले तिलिचो सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।
काठमाण्डौँमा भएको तिलिचो सहकारी संस्थाको १५ औं साधारण सभालाई सम्बोधन गर्दै सांसद गुरुङले वर्तमान समयमा देशमा सर्वसाधरणले दुख गरेर, खाइ–नखाई बचाएर राखेको रकम हिनामिना, अपचलन हुुने, बचतकर्ताहरुले माग गरेको बेला रकम नपाउने जस्ता विविध घटनाहरु भइरहेका छन् । त्यसैले यस सहकारी संस्थाले ऋण प्रवाह गर्दा बचतकर्ताको रकम सुरक्षीत हुने गरी ऋण प्रवाह गरेमा बचतकर्तालाई चाहेको बखत रकम दिन सक्छ । यसो गर्दा सहकारी संस्था र बचतकर्ता बिच आपसी विश्वास बडन सक्ने बताए ।
संस्थाले सञ्चित रकमलाई संस्था सुरक्षीत हुने गरी लगानी गर्नु पर्दछ । ता कि बचत कर्ताले माग गरेको बेला उक्त मागलाई सम्बेधन पनि होस र संस्थालाई लाभ पनि हुने गरी बचत, लगानी र सञ्चीति गर्नु पर्दछ । नत्र संस्था र बचत कर्ताबिच अविश्वास बढ्ने पनि उनले बताए ।
उनले केही सहकारीको बदमासीले गर्दा राम्रो सहकारीहरुलाई पनि मानिसहरुले नकारात्म दृष्टिकोणले हेर्ने गर्दछ । तर सबै सहकारीहरु एकनास हु‘दैन । त्यसैले सबै सहकारीहरुलाई एउदै दृष्टिकोणले हेर्ननहुने बताए ।
तिलिचो सहकारी संस्थाको १५ औं साधारण सभामा उपस्थित भेलाले सचिव लोप्साङ गुरुङले पेश गरेको आर्थिक बर्ष २०८०÷०८१ र २०८१÷०८२ को आर्थिक प्रतिवेदन सर्वसम्मत पारीत गरेको छ । त्यसैगरी, लगानी कर्ताहरुलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने घाषणा पनि गरेको छ ।
उपस्थित भेलाले संस्थाको आगामी चार बर्षकालागि अध्यक्ष अनिल गुरुङको नेतृत्वमा उपाध्यक्ष च्यूङते गुरुङ, काषाध्यक्ष पेमा गुरुङ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा रिली गुरुङ, सोनाम गुरुङ, तेन्जीङ्ग गुरुङ चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले तिलिचो संहकारी संस्थालाई थप बलियो, पारदर्शी र सबैको विश्वासको केन्द्र बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्