आजदेखि मुग्लिङ–नौबिसे सडकखण्ड पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने .
काठमाण्डौँ, आजदेखि मुग्लिङ–नौबिसे सडकखण्ड पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।
पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे । सोही निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।
सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ ।
पोखरेभिर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ । यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ ।
विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ ।
सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्