आजबाट सशुल्क धरहरा चढ्न पाइने, पार्किङ र फोटो खिच्न पनि शुल्क तिर्नपर्ने ।
काठमाण्डौँ, आजबाट प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई सशुल्क ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिंदै शुल्क पनि स्वीकृत गरेको हो ।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्त,ै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने भएका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्