जिल्लाको विकास निर्माणमा लागीपर्न नेता कार्यकर्तालाई निर्देशन : सांसद टेकबहादुर गुरुङ

चमे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य माननीय ट्कबहादुर गुरुङले सम्पूर्ण कार्यकर्तालाई एकजुट भएर पार्टीको हितमा लागी संगठन मजबुत बनाउन र जिल्लाको विकास निर्माणमा लागीपर्न निर्देशन दिएका छन् ।
गृहजिल्ला मनाङको भ्रमणमा रहेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य मा. गुरुङले आइतबार निमार्णधीन नेपाली काँग्रेस मनाङ जिल्लाको पार्टी कार्यालय (बिपि स्मृति भवन) निरिक्षण गर्ने क्रममा उपस्थित् स्थानीय अगुवा कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन ।
प्रतिनिधिसभा सदस्य मा. गुरुङले जिल्लाको विकास निर्माणका सवालमा आाँफु केन्द्रमा सधै खटिरहेको र अझैपनि लागी रहने प्रतिवद्दता ब्यक्त गर्दै मनाङको विकासको मुख्य मेरुदण्ड सडक, पूरवाधार निर्माण नै भएकाले सबैले चनाखो भई खबरदारीका साथ लाग्नु पर्ने बताए । विशेष गरि बाढी प्रभावित र जोखिम वस्तीहरुमा दिर्घकालिन वयवस्थापनलाई प्राथमिकतामा राखेर सरोकारवाला निकायसंग समन्वय भईरहेको संसद गुरुङले बताए ।
एक करोण वढि लागतमा निरमाणाधिन विपि स्मृतिभवन निर्माणको अन्तिम चरणमा काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्