मनाङमा पर्यटकको चहलपलहल बाक्लिन थाल्यो ।
मनाङ, असोज महिना सुरु भएसंगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बाक्लिन थालेको छ ।
मंगलबार २८६ जना पर्यटक मनाङ आइपुगेका छन् । यो हालसम्मकै एकै दिनमा मनाङ प्रवेश गर्नेे उच्च पर्यटक सख्या हो । बुधबार १४० जना विभिन्न देशका पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानी मनाङका भूपेन्द्र गुरुङले बताए । असोज महिना पर्यटकका लागि अति उत्तम समय मानिन्छ ।
अधिल्लो महिना विभिन्न ७४ देशका दुई हजार ७ सय ६५ बाह्य पर्यटक मनाङ घुम्न गएको पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ । केन्द्रको तथ्यांक अनुसार सबैभन्दा धेरै इजरायलका ५ सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । मनाङ भ्रमण गर्ने सख्याका आधारमा दोस्रो नम्बरमा चिनियाँ पर्यटक पर्छन् । चिनीया पर्यटकको सख्या ३२७ रहेको छ ।

तेस्रो नम्बरमा जर्मनी १७३ रहेको छ । त्यसै गरी चौथोमा अमेरिकी १६७, पाँचौँमा अस्ट्रेलिया १५०, छैटौँ नम्बरमा १४३ बेलायती, सातौँमा फ्रान्सका १२५ र आठौँमा नेदरल्यान्डका ९६ पर्यटक मनाङ प्रवेश गरेको गुरुङले जानकारी दिनुभयो । त्यसैगरी नवौँमा भारतबाट ९२ पर्यटक आएका थिए भने दसौँ नम्बरमा कोरियाका ९१ जनाले मनाङ भ्रमण गरेका थिए ।
उच्च हिमाली क्षेत्रको मौसम क्षण क्षणमा बदली भइरहने भएकाले एक्याप इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्