चीनमा दशककै शक्तिशाली समुद्री आँधी, दुईजनाको मृत्यु ९० भन्दा धेरै घाइते ।
काठमाण्डौँ, चीनको हाइनान प्रान्तमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन् ।
‘यागी’ नामक उक्त ‘सुपर टाइफून’ले सडकहरू जलमग्न बनाएको थियो भने विद्युत् आपूर्तिमा अवरोध भएको थियो । आँधीको वेग प्रतिघण्टा २३० किलोमिटरभन्दा माथि रहेकाले कैयौँ रुखहरू पनि ढलेका छन् ।

यस आँधी दक्षिण चीनमा एक दशकयताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी भएको मानिएको छ । हाल उक्त आँधी उत्तरी भियतनामतर्फ अघि बढेको छ । ‘यागी’ले उत्तरी फिलिपिन्समा यसै साता ठूलो क्षति पु¥याएको थियो ।
चीनको दक्षिणमा पर्ने एउटा लोकप्रिय पर्यटकीय टापुमा उक्त भीषण आँधी र वर्षाले सबैभन्दा धेरै असर गरेको छ । प्रतिघण्टा २२३ किलोमिटर हावाको वेगले स्थानीय समय अनुसार ४ बजे प्रहार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
चीनको मौसम विभागले शरद् ऋतुमा तटसम्म आइपुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधी यागी भएको उल्लेख गरेको छ ।
उक्त आँधी आउनु पूर्व नै उक्त टापुका करिब ४ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।
रेलसेवा, डुङ्गा र हवाइ उडानहरू रद्द गरिए भने विद्यालयहरू बन्द गरिएका थिए । उत्तरी फिलिपिन्समा क्षति पु¥याउँदै अघि बढेको उक्त आँधीले हाइनान र सर्वाधिक जनसङ्ख्या रहेको चीनको गुआनडुङ प्रान्तमा ठूलो क्षति पु¥याउनसक्ने मौसमविद्हरूले चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्