विश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा ।
काठमाण्डौँ, अफ्रिकी देशमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।
एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।
मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा मंकीपक्स रोग फैलिरहेको छ । वैज्ञानिकले द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिने प्रमुख टेड्रोसले बताए ।
एमपक्स व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ ।
यो रोगका लक्षणमा अचानक ज्वरो आउने, टाउको, शरीर, घाँटी दुख्ने, घाँटी र बंगारामुनि ग्रन्थी बढ्ने, अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्तांग र शरीरका अरू भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पिप जम्ने समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ । यो रोगबाट पीडित १०० मध्ये चारजनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्