२०८१ आश्विन २

आज विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदै ।

काठमाण्डौँ, आज अगस्ट ९,अर्थात् साउन २५ गते विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण,संवर्द्धन गर्नु होे ।
संयुक्त राष्ट्र संघले आफू अन्तर्गतका विभिन्न निकायहरू, सदस्य राष्ट्रहरू तथा विभिन्न तहका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरूलाई विशेष कार्यक्रम बनाई लागु गर्न आह्वान गरेको छ ।
नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।
संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसख्या ५० करोड पुगेको छ, जुन विश्व जनसख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायका जनजातिहरू भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतको धनी समुदाय मानिन्छन् । तर, यिनीहरू अधिकार तथा आर्थिक विकासको दृष्टिकोणले संसारका सबैभन्दा उत्पीडित र विपन्न वर्ग समुदायमा पर्दछन् । यिनीहरू शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवा सुविधाबाट समेत वञ्चित छन् । त्यसैले संयुक्त राष्ट्र संघले आदिवासी जनजातिहरूको समग्र अवस्था अध्ययन गरी उनीहरूको अवस्था सुधारका लागि विशेष कार्यक्रम सिफारिस गर्ने उद्देश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १९८२ म एउटा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगस्त ९ तारिखका दिन सम्पन्न भएको थियो । कार्यदलको पहिलो बैठक बसेको पहिलो दिन अगस्त ९ विशेष स्मरणीय दिन भएकोले उक्त दिनलाइ संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस घोषणा गरेको हो ।
नेपालमा जनजातिहरूको संगठित आन्दोलन सन् १९९१ पछि मात्र सुरु भएको हो ।