२०८२ असार ३

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौ, आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेपाली काँग्रेसले जनाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ ।
काँग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रधानमन्त्री दाहालले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
यस्तै, नेकपा एमालेले भोली (आइतबार) बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ ।
बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ समीकरण बनेपछि वर्तमान सरकार अल्पमत मा परेको छ ।