२०८२ बैशाख ८

सरकारबाट एमाले बाहिरीने क्रम बढ्दो, प्रदेश सरकार समेत धरासायी ।

काठमाण्डौ, नेपाली काँग्रेस र नेकपा एमालबिच सत्तासमीकरणको लिखित सम्झदारी भएपछि प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले सामूहिक राजीनामा दिनेक्रम बढेका छन् ।
संघीय मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरीएसंगै प्रदेश सरकारका मन्त्रीहरुले पनि धमाधम राजीनामा दिएर सरकारबाट बाहिरीनेक्रम बडेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
बिहिबार नै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।
त्यसैगरी, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् । रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।
सुदूरपश्चिममा एमालेको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई नेकपा एमालेले मुख्य रूपमा साथ दिएको थियो । तर, कांग्रेससँग नयाँ गठबन्धन बनाउने निधोमा पुगेको एमाले बागमती सरकारबाट कहिले बाहिरिन्छ भन्नेबारे पनि चासो बढेको छ ।
एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रको निर्देशन लगत्तै प्रदेश सरकारबाट बाहिरिने उनले प्रस्ट पारे । ‘केन्द्रको निर्देशन आएपछि हामी सरकारबाट बाहिरिन्छौँ र नयाँ सरकार गठनको गृहकार्यमा सरिक हुन्छा,ैँ उनले भने ।’
प्रधानमन्त्रीको राजीनामा सहज रूपमा आएको खण्डमा केही दिनमै प्रदेश सरकारको बारेमा निर्णय हुने उनले बताए । राजीनामा नआए थप केही दिन पर्खेर समीकरण अनुसार नै निर्णय गर्ने उनको भनाइ छ ।
एमालले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो ।