२०८१ चैत्र ५
रास्वपाको महामन्त्री ढकाल निलम्बित, प्रवक्तामा मनिष झा तोकिए ।

काठमाण्डौँ, महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ ।
त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्