२०८१ आश्विन २

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दै छ ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका भ्रातृ संगठनको निर्वाचन एवं विभागहरुको गठनका विषयमा छलफल हुने पार्टीका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
शनिबार मात्र नेपाली काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटले राजनीतिक चर्चा पाइरहँदा नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।