२०८१ फाल्गुन ५

मन्त्रीपरिषद् बैठक बस्दै, केही देशका राजदुत नियुक्त गर्ने ।

काठमाण्डौँ, आज अपराह्न चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले केही देशको राजदूतको टुंगो लगाउने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो ।
रिक्त राजदूतमध्ये एमालेले आठ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एउटामात्रै पाउने समझदारी जुटेको छ ।
माओवादी केन्द्रको चीन लगायत देशमा राजदूत रहेकाले भागबन्डामा कम पाएको हो । रास्वपाका तर्फबाट कुनै पनि देशमा राजदूत नभएकाले दुईवटा दिएको सत्तारूढ दलका नेताहरूले बताएका छन ्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको भागमा दुईवटा राजदूत परेको बताउँदै मापदण्ड तय गरेर राजदूत सिफारिस गरिने बताएका छन् ।
सरकारले गत जेठ २४ गते भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाएको थियो ।