२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
बेँसीसहर–चामे सडक अवरुद्ध, खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खस्यो ।
लमजुङ, अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि बँेसीशहर–चामेसडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
बेसीशहर–चामे सडक खण्डको खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने च्याम्चे नजिकैको अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्