२०८१ आश्विन २०
सांसद फणिन्द्र सुरेन्द्रराज पाण्डेको पक्षमा, एमाले–माओवादी नाराबाजी गर्दै ।
पोखरा, सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरी सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेपछि गण्डकीमा एमाले–माओवादी केन्द्रले नाराबाजी गरेका छन् ।
माओवादीले आफ्ना सांसद भने पनि देवकोटा आफू नेसपाको सांसद रहेको भन्दै सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् । एमाले–माओवादीले ह्विप उल्लंघन गरेको भन्दै नाराबाजी गरेका हुन् ।
नेपाली काँग्रेसका पाण्डेको पक्षमा राष्ट्रिय प्रजातन्त्र पाटी,स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र नेसपाको सांसद फणिन्द्र देवकोटाले समर्थन गरेका छन् ।
पाण्डेले विश्वासको मत नपाए गण्डकीमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार भन्ने सोचका साथ सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा थिए । तर, पाण्डेले कूल सांसादको बहुमत अर्थात ३१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्