२०८१ आश्विन २०

आक्रोसित विद्यार्थीले जलाए सरकारी गाडी ।

विराटनगर, कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाएका छन् ।
मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ गरेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।
सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडापछि विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको ।
प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।