२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
मुग्लिन–आँबुखैरेनी सडक खण्ड तीन घण्टा बन्द हुने ।
दमौली, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द गरिने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
उक्त ठाउँको हिलसाइडमा चर्किएका ढुंगाहरू झार्नुपर्ने भएकाले त्यस समयमा सवारीसाधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्