२०८१ श्रावण १२

नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै, बिहान ११ बजे बैठक बस्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । बैठक सघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
नेपाली काँग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।