सबै भारतीय सैनिकले माल्दिभ्स छोडे : ल्दिभ्स सरकार
काठमाण्डौँ, सबै भारतीय सैनिकले द्वीप छोडेको माल्दिभ्स सरकारले बताएको छ ।
माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सैनिकलाई देश छोड्ने समयसीमा तोकेका थिए । माल्दिभ्स सरकारका अनुसार भारतीय सैनिकले तोकिएको समयसीमाभित्र नै देश छोडेका हुन् ।
२७ भारतीय सैनिकको अन्तिम दल शुक्रबार माल्दिभ्सबाट प्रस्थान गरेको माल्दिभ्सका एक अधिकारीले बताए ।
भरतीय सैनिकहरूलाई भारत सरकारले माल्दिभ्सलाई उपहारस्वरूप दिएको थियो । यी सैनिकहरूलाई तीन वटा टोही विमान सञ्चालन गर्न तैनाथ गरिएको थियो ।

राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष आफ्नो चुनावी अभियानमा ‘इन्डिया आउट’को नारा दिएका थिए र देशमा भारतीय सैनिकको उपस्थितिलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए ।
चीनको निकट मानिने मुइज्जुले राष्ट्रपति चुनाव जितेका थिए । चुनाव जितेपछि मुइज्जुले भारतीय सैनिकलाई देश छाड्न मे महिनाको अन्त्यसम्मको समय दिएका थिए ।
यी सैनिकको सट्टामा भारतीय नागरिक प्राविधिक कर्मचारीहरू अब माल्दिभ्समा टोही विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्