२०८१ आश्विन २०

नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेसको संसदीय दलको बैठक केही बेरमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्दैछ ।
बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकले पार्टी संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो ।
आज दिउँसो २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।