मातातीर्थ मेला आजदेखि शुरु ।
काठमाण्डौँ, वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला शुरु भएको छ ।
मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबार नै पुरा भएको बताउँदै आजदेखि शुरु भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले बताए । उनले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए ।
मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र भोलि औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लोपटक श्राद्ध गर्नेको सख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए ।
मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्