२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

पेखरा अन्तर्राष्ट्रिय विमान स्थाल सञ्चालनमा ।

काठमाण्डौँ, बाक्लो तुवालोका कारण बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट खुलेको छ ।
विगत चार दिनदेखि अवरुद्ध उडान आज बिहानदेखि नियमित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान अवरुद्ध भएको थियो । आज बिहानै तुवाँलो हटेर भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएको थियो ।
पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।