२०८२ फाल्गुन २२
आज सुखानी स्मृति दिवस मनाउँदै ।
काठमाण्डौँ, आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।
तत्कालीन विद्रोही माओवादीले जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गते र सुखानी हत्याकाण्डको दिन फागुन २१ गतेलाई समेटेर ८ दिनसम्म शहीद सप्ताहका रूपमा मनाउने गर्दछ ।
तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा बन्दा पनि नेता–कार्यकर्ताहरुले सुखानी स्मृति दिवस मनाएका थिए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्