२०८२ फाल्गुन २२
उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्यो : दक्षिण कोरिया
काठमाण्डौँ, उत्तर कोरियाले प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणको सिलसिला बढेको छ । यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापोनजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्