नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने ।
काठमाण्डाँै, नेपाली सेनाले पुस २१ गतेबाट गोरखा दरबारदेखि काठमाडौँसम्म पदयात्रा गर्ने भएको छ ।
नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको बाटोमा यात्रा गर्न लागिएको रिपुमर्दन गणका निमित्त गणपति भुवनबहादुर थापा मगरले जानकारी दिए ।

अधिकृतको कमान्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुनेछन् । पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा गर्न लागिएको सेनाले जनाएको छ ।
यात्रामा टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झन्डा लिएर सेनाको फौज सहभागी हुनेछ । गोरखा दरबारबाट सुरु हुने यात्रा ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी पुग्नेछ । टोलीले टर्च र झन्डा धादिङलाई हस्तान्तरण गर्नेछ भने त्यसपछि धादिङले नुवाकोट र नुवाकोटले २६ गते बेलुका काठमाडौँको टोलीलाई बुझाउने छ ।

टोली पुस २७ गते राष्टिूय एकता दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । एकीकरण मार्गको संरक्षण र प्रबद्र्धनका लागि २०७६ सालदेखि नेपाली सेनाले पदयात्रा गर्न थालेको हो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्