चार्ल्स युनिभर्सिटीमा गोली चल्यो, गोली प्रहारबाट १४ जनाको मृत्यु, २४ जना घाइत ।
काठमाडौँ, चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ ।
बिहीबार विश्वविद्यालयको मानविकी संकायको २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेका थिए । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घटनामा कुल १५ जना मारिएको अन्य २४ जना घाइते भएको र गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ ।
चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो । विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्