युक्रेनका लागि ईयूको आर्थिक सहयोग हंगेरीले रोक्यो
काठमाण्डौँ, हंगेरीले युक्रेनका लागि युरोपियन युनियन (ईयू) को ५० अर्ब युरो बराबरको सहायता रोकेको छ ।
हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानले सामाजिक सञ्जालमार्फत युक्रेनलाई थप रकम प्रदान गर्ने निर्णयमा भिटो प्रयोग गरेको जानकारी दिएका छन् ।
ईयूका नेताहरूले युक्रेनका लागि आर्थिक सहायताबारेको छलफल अब अर्को वर्षको सुरुवातबाट पुनः सुरु गरिने बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर रहेको छ ।
ईयूका नेताहरूले बिहीबार युक्रेन र मोल्डोभासँग सदस्यताबारे छलफल सुरु गर्ने निर्णय गरेसँगै ओरबानले सहायता रकम रोक्न भिटो प्रयोग गरेको जानकारी दिएका थिए । हंगेरीले लामो समयदेखि युक्रेनलाई ईयूको सदस्यता दिने विषयमा आपत्ति जनाउँदै आएको छ । तर, उसले यसमा भने भिटो प्रयोग गरेको छैन ।
युरोपियन काउन्सिलका अध्यक्षका प्रवक्ताले यो निर्णय सर्वसम्मत रूपमा गरिएको जानकारी दिए । युक्रेनका लागि राष्ट्रपति भ्लादोमिर जलेन्स्कीले सदस्यताका लागि छलफल सुरु गर्ने ईयूको निर्णय आफ्नो देश र युरोपका लागि जीत भएको दाबी गरका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्