२०८१ श्रावण १२

नेपाली सेनाका उच्च अधिकारी शंकाको दायरामा, नागरिकता र शैक्षिक प्रमाणपत्र मुख्य कारण

नागरिकता र शैक्षिक प्रमाणपत्र कीर्तेको आरोप लागेपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा सरकारले गत बिहीबार स्वीकृत ग¥यो ।
नागरिकता र शैक्षिक प्रमाणपत्र कीर्ते गरेको विवाद थाम्न नसकिने गरी चर्किएपछि व्यक्तिगत कारण देखाएर उनले बुझाएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी मन्त्रिपरिषदले स्वीकृत गरेको हो । पाण्डेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिए पनि ‘स्वैच्छिक’ भने होइन । नागरिकता र शैक्षिक प्रमाणपत्र कीर्तेको विषयमा छानबिन हुने भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
वरिष्ठ उपरथीबाट उनलाई बलाध्यक्ष रथीमा बढुवा गर्न सैनिक मुख्यालयले सात दिने आन्तरिक सूचना जारी गरिसकेको थियो । बलाधिकृत रथी सीताराम खड्का आगामी पुसमा अवकाशमा गएपछि पाण्डे सिधै सेनाको दोस्रो वरीयतामा हुन्थे । तर, यहीबीच उनको दुई थरी उमेर देखाउने दस्ताबेज बाहिरिए । तर नागरिकतामा भने २३ मंसिर २०२३ साल उल्लेख छ ।

Nepali Army

नागरिकता अनुसार उनी रथी हुँदै २०८४ (६१ वर्षको उमेरसम्म) प्रधानसेनापति हुने बाटो खुला थियो । तर, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डमा उनको जन्ममिति १२ माघ २०२१ छ । यो उमेर अनुसार उपरथीका रूपमा दुई वर्षअघि नै ५७ वर्ष पुगेर अवकाशमा गइसक्थे । दुवै दस्ताबेज बाहिर आएपछि जंगीअड्डाले उनलाई राजीनामा दिन लगाएर बिदा गरेको छ । उनको राजीनामापछि उक्त स्थानमा दुईतारे जर्नेल अशोक सिग्देल आइपुगेका छन् ।
आगामी भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुने गरी लाइन सोझिएको छ । यसअघि सरोजप्रताप राणा घर जाना साथ सीताराम खड्काले बलाधिकृतको जिम्मा लिएका थिए । अहिले उनी सेनाको दोस्रो वरीयतामा छन् । खड्काले पुसमा अवकाश लिएपछि युएन फोर्समा कमाण्डर रहेका निर्मल थापा उनको ठाउँमा आउने छन् । तर यसबीच सिग्देल विरुद्ध पनि पाण्डेको जस्तै उजुरी पर्न थालेको छ । उनको पनि शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गर्न मंसिर ४ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।


आयोगमा सोही मितिमा दर्ता भएको सी ०२९५६३ नम्बरको निवेदनमा शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेकोमा नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याई भविष्यमा सैनिक प्रमुख बन्न खोजेको ब्यहोरा उल्लेख छ । ‘प्रहरी र निजामतीतर्फको नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ । पछिल्लो समय सेनाका नक्कली प्रमाणपत्रको समेत आयोगले अनुसन्धान थालेको हुँदा सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति पनि छानबिन हुनुपर्ने माग अन्य सैनिक अधिकारीहरुको छ ।


भावी प्रधान सेनापतिको लाइनमा रहेका सिग्देलको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा त्रुटी देखिएपछि गहन छानबीनको माग सैनिक अधिकृतहरुबाट उठन थालेको छ ।