पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त

पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त

काममाडौं, १९ माघ/ तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्वको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना व्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले नयाँ वर्षको रुपमा मनाईदै आएको सोनाम ल्होसारका अवसरमा सम्पूणर् देशबासीहरुमा सुख, शान्ति एवं समृद्धीको शुभकामना व्यक्त गरेका हुन् ।


पूर्व राज्यमन्त्री गुरुङले शुभकामना सन्देश ब्यक्त गर्दै भनेका छन् ‘देश विदेशमा रहनुभएका समस्त दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको सोनम ल्होसारले सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्रदान गरोस् भनी शुभकामना ब्यक्त गर्न चाहन्छु ।’


पूर्व राज्यमन्त्री गुरुङले अगाडि भने ‘विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लाग्ने लाग्ने रोग कोबिड-१९ कारण सबै जना एकै ठाउँमा भेला भएर मनाउन नसकिए पनि आ-आफ्ना घरमा परिवार मिलेर यो वर्षका सोनाम ल्होसार हासीखुशी मनाउन म आग्रह गर्दछु । यो आउने वर्षले देशबासीहरुमा एकताबद्ध गरी सद्भाव कायम गर्न बल पुगोस् भन्ने शभकामना पनि ब्यक्त गर्दछु ।’

सम्बन्धित समाचार