
पिसाङ, ६ बैशाख । मनाङका गीतकार फुर्वा घलेद्वारा लिखित ‘हिमालको काखमा’ बोलको गीतले म्युजिक भिडियो रिलिज भएको छाटो समयमा नै चर्चा पाउन थालेको छ । मनाङ जिल्लाको मनाङ–ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङका घलेले आप्mनो गाउँ चिनाउने शब्द संकलन गरेर लेखिएको यो गीत निकै कर्णप्रिय गीतका रुपमा सुन्न सकिन्छ ।
उनको यो गीतलाई राजेशपायल राईले सुमधुर स्वर दिएका छन् । लक्षुप्रकाश मल्लले संगीतबद्ध गरेको यो गीतको संगीत संयोजन पनि मल्लकै रहेको छ । नेपाली रंगमञ्चका हास्य कलाकार बुद्धि तामाङको मोडलिङमा दृश्य कैद गरिएको यो गीत स्थानीय कला र संस्कति झल्कने विभिन्न दृंश्याकन गरेर श्रोता एवं दर्शकसामु प्रस्तुत भएको छ । म्युजिक भिडियोको निर्देशन भरत उदासीले गरेका छन् । उक्त म्युजिक भिडियोको छायांकन रामकृष्ण कडेलले गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ ।
म्युजिक नेपालले बजारमा ल्याएको यो गीतको म्युजिक भिडियो यसै साता युट्युब मार्पmत सार्वजनिक गरिएको हो । यो खबर तयार पार्दासम्म पौने ३ लाख भ्युअर हासिल गरिसेको ‘हिमालको काखमा’ बोलको गीतले निकै छिटो लोकप्रियता हासिल गरेको मान्न सकिन्छ । गीतकार पुर्वा घलेले यसअघि आप्mना ५ वटा गीतहरु रेकर्ड गराईसकेका छन् । उनले लेखेको ‘जन्मेपछि नमरुञ्जेल चाहिँदो रेछ धन’ बोलको गीतले युट्युबमा ८७ लाख भ्युअर प्राप्त गरेको थियो ।
सम्बन्धित समाचार
- मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण
- मनाङमा गठबन्धन दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराईयो, स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई गठनबन्धनको समर्थन
- डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढीमा डेंगु पुष्टि
- दशैँको लहर संगै मनाङ भित्रिन थाले पर्यटक
- आजदेखि निर्वाचन आचारसंहिता लागू
- पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त
- बुस्टर डोज काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ
- पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त
- मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात
- नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु
- कांग्रेस केन्द्रीय सदस्य पदमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ विजयी
- पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण