आप्mनो मातृभूमि कसैले विर्सनु हुदैन

आप्mनो मातृभूमि कसैले विर्सनु हुदैन

— जिमी गुरुङ, बरिष्ठ समाजसेवी, मनाङ

हिमाली जिल्ला मनाङको टंकी मनाङ, हालको मनाङ ङिस्याङ वडा नं ७ मा बिक्रम सम्बत २०१२ सालमा जन्मिएका जिमी गुरुङ मनाङका प्रखर समाजसेवीका रुपमा चिनिन्छन् । मनाङ सेवा समाजका पूर्व अध्यक्ष उनी बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । नेपाली सिने कलाकारिता क्षेत्रमा मनाङबाट पहिलो प्रतिभाका रुपमा प्रवेश गरेका गुरुङले ३२ वर्ष अगाडि ‘झुमा’ नामक नेपाली कथानक चलचित्रमा अभिनय गरेयता बदमास, हाउडे, मुक्तिदाता र केही महिना अगाडि मात्रै अर्को एउटा नेपाली चलचित्र छिरिङमा खलनायकको भूमिकामा अभिनय गरेका छन् । उनी नेपाली चलचित्र निर्माताका रुपमा पनि चिनिन्छन् । 


नेपाली रंगमञ्चमा समेत प्रतिभा देखाउने अवसर पाएका जिमी गुरुङले नेपालकै पहिलो मोडल बनेर फेसन शोमा समेत अभिनय गरेका छन् । उनी संगीत क्षेत्रमा पनि उतिकै परिचित छन् । गुरुङले मनाङ जिल्लाको मौलिक सांगीतिक प्रस्तुतिस्वरुप मनाङे भाषाको गीतमा आप्mनो सुमधुर स्वर रेकर्ड गराएर गायकको नाम कमाउन पनि सफलता प्राप्त गरेका छन् । त्यसैगरी नेपाली खेलकूदमा समेत उनको योगदान रहदै आएको छ । गुरुङ नेपालकै प्रतिष्ठित खेलकूद समूह मनाङ मस्र्यांग्दी क्लबको संस्थापक सदस्य र नेतृत्व तहमा अध्यक्षको भूमिकामा सेवा गर्दै अगाडि बढीरहेका ब्यक्तित्व हुन् । 

कुनै बेला नेपाली हस्तकलाको विश्व बजारमा व्यपार गर्ने ब्यपारीको समेत छवी बनाएका समाजसेवी जिमी गुरुङले अमेरिकामा झण्डै डेडवर्ष बसोबास गर्नुका साथै ब्यपारको शिलशिलामा एसियाका वर्मा, थाईल्याण्डलगायत अन्य विभिन्न देशहरुको भ्रमण गरिसकेका छन् । समाज सेवा तथा कला क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत विभिन्न संघसंस्थाहरुबाट प्रशंसापत्र तथा सम्मानपत्रहरु हासिल गरेका गुरुङले मनाङबासीहरु विभिन्न कारणले देशबाट बाहिरिनु पर्ने परिस्थितिलाइ आपूmले गम्भिर रुपमा लिने गरेका बताउँछन् । प्रस्तुत छ, मनाङमस्र्याङ्दी क्लबका विशेष सल्लाहकारसमेत रहेका मनाङका प्रतिष्ठिति ब्यक्तित्व उनै जिमी गुरुङसँग मनाङको विभिन्न पक्षसँग जोडिएका सन्दर्भमा गरिएको कुराकानीको छोटो अंश :

यहाँ मनाङ जिल्लाको बरिष्ठ समाजसेवीको पहिचान बनाउन सफल हुनुहुन्छ, आप्mनो सेवा क्षेत्रको बारेमा केही बताईदिनु होस् न ?

—  म मनाङ सेवा समाजको नेतृत्वमा आएर मनाङ जिल्लासँग जोडिएका विभिन्न सामाजिक क्रियाकलापहरुमा लामो समय सक्रीय रहेँ । त्यहाँ समयले खोजे जस्तै सामाजिक क्षेत्रका चिन्तकहरुको भावनालाई सामाजिक विकासमा लगाउन मैले निकै नै पहल गरेँ । आज मनाङका दाजुभाई दिदीबहिनीहरु विश्वको जुनै कुनामा बसे पनि हाम्रो यो संस्थालाई सम्झना गरिरहनु भएको छ । मनाङको एउटा ठूलो संस्था, सबै जातजाती, सबै विचार र धारणा राख्नेहरु यही संस्थामा एकताबद्ध हुनुहुन्छ । यसमा हामी गौरव गर्छौं । संस्था स्थापना कालमा अग्रजहरुले बनाएको कार्यनीति, कानूनले दिएको निर्देशनको पालना गर्दै हामी संस्थालाई निकै नै लोकप्रिय बनाउन सफल भएका छौं । यो संस्थाले सामाजिक क्षेत्रका बहुआयामिक पाटाहरुलाई पनि पछ्याउँदै आएको छ । मनाङ जिल्लाको नाम विश्वभर रहोस् भन्ने उद्देश्यले स्थापित मनाङमस्र्याङ्दी क्लबको स्थापनाकालदेखि नै कार्यसमिति सदस्यदेखि अध्यक्षसम्मको पदमा रहेर नेतृत्व तहमा जिम्मेवारी पूरा गर्ने मौका पाएँ । साथीहरुले दिएको पदीय जिम्मेवारी वहन गर्दै आईरहेको थिएँ । त्यसबाहेक धार्मिक मान्यताा आधारित मनाङबासीहरुको आस्थाको केन्द्र विभिन्न गुम्बाहरु निर्माण गर्ने, बुद्धको मूर्ति निर्माणमा पहल गर्ने, गुम्बा व्यवस्थापनका लागि कुनै समस्याहरु आएको भए त्यसको समाधान खोज्ने जस्ता कामहरुमा म प्रत्येक्ष वा परोक्ष रुपमा संलग्न रहदै आएको छु । बेलबखतमा भैपरी आउने विभिन्न सामाजिक समस्याहरुलाई समाधान गर्न जहाँसम्म पुग्न परेपनि म पछाडि हटेको छैन । जे जति सकेको सामाजिक सेवाको कामहरु गर्दै आएको छु ।

‘समाजसेवीहरु ठूला विपत्तीको बेलामा चिनिन्छन्’ भनिन्छ, २०७२ सालमा नेपालमा गएको महाभूकम्पको बेलामा यहाँले कसरी आपूmलाई प्रस्तुत गर्नु भयो, त्यसको सम्झना गर्नु पर्यो भने यहाँले कसरी गर्नुहुन्छ ?

— कुनै पनि विपत्ति आउदा समाजका जिम्मेवार ब्यक्तिहरु स्वतः सक्रीय हुनु पर्छ । अहिलेसम्म मैले देखेका त्यस्ता ब्यक्तिहरुले आप्mनो जिम्मेवारीलाई वहन गर्दै आईरहेका छन् । २०७२ सालमा नेपालमा महाभूकम्प आउँदा हाम्रो मनाङ सेवा समाजको गुम्बा पनि भत्कियो । यहाँ आप्mनै संस्थाको उद्वार गर्नु पर्ने बेलामा पनि मेरो ध्यान त्योभन्दा बढी मानवीय क्षति भएको क्षेत्रमा उद्वार र राहतको खाँचो टार्ने तिर गयो । महाभुकम्प गएको बेला गुम्बा व्यवस्थापनको शिलशिलामा म गृह जिल्ला मनाङमा नै थिएँ । हाम्रो मनाङ समाजको गुम्बा भत्किदा कुनै मानवीय क्षति नभएको र गोरखालगायतका अन्य जिल्लामा ब्यापक मानवीय क्षति भएको खबर सुनेपछि मनाङमा सञ्चारक्षेत्र र सामाजिक क्षेत्रमा काम गर्दै आएका युवा समाजसेवी विनोद गुरुङलगायतका साथीहरुसहित गोरखा र अन्य जिल्लाका भूकम्पबाट अति प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गर्न पुग्यौं । मेरी श्रीमति पनि एउटा महिलाहरुको सामाजिक संस्थामा नेतृत्व गर्दै आएकोले उक्त संस्थाबाट उनीहरु पनि राहत वितरणमा अर्को त्यस्तै प्रभावित क्षेत्रमा पुगे । परिवारका सदस्यको भेट हुन समेत महिनादिन लाग्यो । त्यतिबेला म मनाङमस्र्याङ्दी क्लबको अध्यक्षता गरिरहेको थिएँ । त्यही क्लबको तर्पmबाट हामीले स्कूल बनाई दिने कार्यसमेत गरेका थियौं । कतिपय भूकम्पपीडितहरुको आवास निर्माण गर्ने कार्यमा पनि मेरो संलग्नता रह्यो । त्यतिबेला हामीले राहत संकलन गरेर झण्डै ५ करोड रुपैयाँ जति रकम वितरण गरेका थियौं । 

यहाँको बुझाई र आजसम्मको जीवन भोगाईबाट वर्तमान युवा जमातले कसरी उत्प्रेरणा प्राप्त गर्न सक्लान ? यहाँबाट के कुरा सिकेर उनीहरुले प्रगति गर्न सक्छन् भन्ने लाग्छ यहाँलाई ? 

— सबभन्दा पहिला त जोसुकैले जेसुकै काम गर्दा आप्mनो उमेर र व्यवहार हेर्नु पर्छ । हिम्मत कहिल्यै हार्नु हुदैन । मेरो उमेर हेर्दा कतिपयले बास्तविक उमेर बताउँने हो भने पत्यार गर्दैनन् । ८÷१० वर्ष कम उमेर अनुमान गर्छन् । यसको कारण मेरो आत्मबल नै हो । सबै मानिसले आत्मबल बढाएर आपूmले रोजेको बाटोमा हिड्नु पर्छ । आपूmसँग भएको श्रोत हेरेर मात्रै योजना बनाउन सिक्नु पर्छ । यो अरुको व्यवहारबाट आपूmलाई सच्याउदै लैजानु पर्छ । जुन काम गरिन्छ त्यो हिम्मतका साथ गर्नु पर्दछ । मैले बुझेको कुरा यही हो । म ६३ वर्षको भएँ तर मैले अभैm धेरै सेवा गर्नु छ भन्ने ठानेको छु । वर्तमान युवाहरुले जोशलाई होसमा बदलेर उर्जा प्राप्त गर्नु पर्दछ । अनि प्रगतिशिल बन्न सकिन्छ । पहिला आप्mनो परिवार, गाउँ, जिल्ला र देशलाई हेरेर काम गर्नु पर्दछ । यसले प्रगतिको बाटो देखाउँछ । सबभन्दा पहिला मान्छे भएर जन्मिएपछि समाज सेवाको धारणा अत्यन्तै आवश्यक छ ।

यहाँले नेतृत्व गर्ने क्षमता विकास गर्नु भयो, विभिन्न क्षेत्रमा प्रतिभा देखाउँदै आउनु भयो, राजनीति क्षेत्रमा यहाँको उतिको चासो रहेको पाईएन नी ?

— नेपालमा जब बहुदलीय राजतीतिको परम्परा आयो त्यसले समाजमा मिलेर बसेका समुदायबीच विभेद ल्याउने चिन्ता भयो, जसले मैले राजनीतिको नेतृत्वमाभन्दा सामाजिक सेवा क्षेत्रमा नै अगुवाई गर्नु उचित ठानेँ । नेतृत्व चयन गर्न राज्यले दिएको विधि अनुसार नेतृत्व छान्न भोटहाल्ने हो आपूmले मनले खाएको मान्छेलाई मतदान गर्न पछाडि परेको छैन । तर आपैंm राजनेता बन्ने मेरो अभिरुचि नै भएन । जनताको सेवा गर्नु पर्छ, त्यो सामाजिक सेवा संस्थाहरुको माध्यमबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ । वर्तमान अवस्थाका नेताहरुले आप्mनो राजनीति सफल बनाउन काम विगारेर गलत नतिजा दिए भने त्यसले हाम्रो भावी पुस्ता बिगार्छ । नयाँ युवाहरुलाई राम्रो विचार दिने, राम्रो बाटोमा हिडाउनु पर्छ भन्ने मेरो मान्यता हो । त्यसैले मेरो सामाजिक सेवा क्षेत्रमा नै बढी झुकाव भयो ।

युवाहरु देशबाट पलायन हुदै गएका छन्, यो विषयमा यहाँको चिन्तन कस्तो रहेको छ ?

— हो, मेरो यहि विषयमा गहिरो चिन्तन छ । देशको उत्पादन क्षेत्रका लागि चाहिने युवा शक्ति पलायन गराउने शक्ति नै राजनीतिक शक्ति भएको छ । देशमा राजनीतिक शक्तिले सरकारमा जाने वितिक्कै राम्रो काम गर्न नसक्दा देशमा युवाहरुको अवसर खोसिदै गएको छ । उनीहरु आप्mनो भविष्यप्रति बढी चिन्तित बन्न पुगेका हुन्छन् । त्यसको समाधान विदेश नै देख्छन् । युवाहरु पलायन हुदै गएका छन् । देशमा युवाशक्ति नै नभएपछि यहाँको उत्पाकत्व र मौलिक संस्कृति लोप हुदै गएको छ । उत्पादन शक्ति नाश हुदै गएको छ । अहिलेको युवा पीडि शिक्षित र सक्षम छ । यो जमात बाहिरिदा देशभित्र चैं के बाँकी रहन्छ ? थोरै बाँकी रहेको अशिक्षित र असक्षम जमात यहाँ बसेर केही गर्न सक्दैनन् । जहाँ सीमित राजनीतिक कार्यकर्ता कहलाउनेहरुले उनीहरुको प्रयोग गर्छन् र फाइदा लिने विभिन्न दाउपेच खेल्छन् । यसले मुलुक पछाडि धकेलिन्छ । 

यहाँको जिल्लाको विषयमा कुरा गरौं न, मनाङको हावापानी र मौसमका कारणले पनि अधिकांश मनाङबासीहरु जिल्ला बाहिर रहन्छन् । जिल्लाको सर्वपक्षीय विकासमा यसले कस्तो प्रभाव पार्ला ?

— हिमाली जिल्ला भएकोले त्यहाँका बासिन्दाहरु अधिकांश काठमाडौं र अन्य बाहिरी जिल्लामा अस्थायी बसोबास गर्छन् । गरेतापनि अहिले त पहिलाको जस्तो अवस्था छैन । पहिला १५ दिन हिडेर देशको राजधानी आईपुग्नु पथ्र्यो । अहिले एकदिनमा मनाङ जिल्लाको सदरमुकाम पुग्न सकिन्छ । त्यहाँ त्यस किसिमको भौतिक विकास भईसकेको छ । मनाङको समाजसेवी भएको नाताले मनाङको त्यस्तो रफ बाटोमा पनि वर्षमा २० औं पल्ट पुग्ने गरेको छु म । मनाङका दाजुभाई दिदीबहिनीहरुको दुःखसुखमा साथ दिन र त्यहाँ कस्तो बेलामा के कस्ता समस्याहरु आईपर्छन् त्यसको निराकरणका लागि के गर्न सकिन्छ ? त्यो छलफल गर्ने गरेको छु । बरु त्यहाँका जनताबाट भोट लिएर जितेका नेताहरु त्यसरी गएका छैनन् ।  

विदेशिएका नेपाली युवाहरुलाई यहाँको सन्देश के छ त ?

— पैसा कमाउन नेपालमा पनि सकिन्छ । कमाउनेहरु कमाएका छन् । कसैले धेरै पनि कमाएका छन् । नेपालमा उत्पादन बढाऔं, विदेशमा लगेर बिक्री गरौं, पैसा देशले पनि कमाउँछ, उत्पादनमा लागेका यहाँका युवाले पनि कमाउन पाउँछ । विदेशमोह छोडेर देश बनाउन विदेशमा सिकेको सीप लिएर स्वदेश आउँ भन्ने मेरो आग्रह छ ।

 






सम्बन्धित समाचार