बाढीले चामेको मोटोरेवल पुल छतिग्रस्त, झोलुङे पुल बगायो तल्लो मनाङ र माथिल्लो मनाङबिच सम्बन्ध विच्छेद

बाढीले चामेको मोटोरेवल पुल छतिग्रस्त, झोलुङे पुल बगायो तल्लो मनाङ र माथिल्लो मनाङबिच सम्बन्ध विच्छेद


हिमाल पारीको जिल्लाको नामले परिचित मनाङको सदरमुकाममा रहेको एकमात्र मोटोरेबल पूल आज बिहान मस्र्याङदी नदीमा आएको बाढीले छतीग्रस्त भएका  छन्

आज बिहान करिब ७ बजेको समय मस्र्याङीनदीमा पानीको बहाप बढदा माथिल्लो र तल्लो मनाङ जोडने एकमात्र मोटोरेबल पूल छतीग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद लामिछानेले जानकारीदिए ।  प्रजिअ लामिछानेका अनुसार बिहान करिब ७ बजेको समय मस्र्याङदी नदीमा पानीको बहाब बडदा माथिल्लो मनाङ र तल्लो मनाङ जोडने एक मात्र  मोटोरेबल पूलमा थप छती पुर्याएको र पानीको वहाब पश्चिम तर्फ बडदा झोलुङे पुलको आधार पिलर सहित झेलुङ्गे पुल समेत बगाएको बताए ।

सदरमुकाम चामेमा रहेको मोटोरेबल पूल र झोलुङ्गे पूल बगाएसंगंै माथिल्लो र तल्लो मनाङबिच सम्बन्ध विच्छेद भएको छ ।

उता, स्थानीय प्रशासनले समयमै पूलमा अडकिएको ढुङ्गा, बालुवा र रुखहरु नहटाएका कारण बाढीले पूल समेत बगाएको भन्दै स्थानीयले आक्रोस ब्यक्त गरेको छ । स्थानीयले प्रशासनको ढिलासुस्तीका कारण माथिल्लो मनाङ र तल्लोे मनाङ बिच सम्बन्ध विच्छेद भएको  भन्दै तत्काल पूल निर्माण प्रक्रिया अधिनबडाए सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार