स्थानियको पहलमा चामेमा विग्रीएको विद्युत सुचारु

स्थानियको पहलमा चामेमा विग्रीएको विद्युत सुचारु

गत असार १ गतेदेखि परेको अविरल वर्षाका कारण मनाङ जिल्लामा आएको बाढीपहिरोका कारण जिल्लाको स्वास्थ्य, शिक्षा, विद्युत, सडक लगायतका अन्य विभिन्न क्षेत्रमा पुर्‍याएको क्षतिका कारण स्थानियले हाल सम्म पनि कस्टकर जिवन विताउन परिरहेको छ । जिल्लाको सदरमुकाम चामेका वासिन्दाहरु हाल सम्म पनि विद्युत सेवाबाट वन्चित हुनु परेको छ । त्यहाँको स्थानीय निकायले उक्त समस्याको समाधान प्रति चासो नदेखाएका कारण स्थानीय निकै अक्रोशित भई स्थानीय वासीकै पहल र स्थानीयकै श्रमदानमा विद्युत सुचारु गर्न लागी परे ।


सदरमुकाम चामेका स्थानीयहरुले चामे साना जलविद्युत उपभोक्ता समिति बाढी पहिरोले क्षेदविक्षेद पारेको जलविद्युतलाई १४,२५,०००/- लगानीमा २८ दिन श्रमदान गरी आखिर आफ्नै पहलमा विद्युत सुचारु गरेको एउटा उदाहारणीय कार्य देखिएको छ । जिल्लामा परेको यस्तो विपत्तीको घडिमा स्थानीय निकायले चासो नदेखाएको कारण आक्रोसित स्थानीय वासीले मनाङ परिवार दक्षीण कोरियाबाट राहत स्वरुप आएको रु. १,८०,०००/- सहयोगलाई अत्यावसेक विजुलिको सामान ढुवानीमा प्रयोग गरेर बेशिशहरदेखि चामे सम्म हेलिकप्टर मार्फत ल्याई विद्युत सुचारु गर्न सफल भएको चामे साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष निमा धोर्जे लामाले जानकारी दिए ।


यस्तो विपत्तीको समयमा स्थानीय निकायले चासो नदेखाएको देख्दा स्थानीयलाई परेको चोटको वेवास्ता गरेको जस्तो देखिएको स्थानियले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार