मनाङमा अएको बाढीका कारण अन्योलमा पठनपाठन

मनाङमा अएको बाढीका कारण अन्योलमा पठनपाठन

१५ भदौ, मनाङ । गत असार १ गते मस्र्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूणर् रुपमा क्षति पुगेको कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् ।


जिल्ला भरीका २८ विद्यालय मध्ये जम्मा ४ वटा मावि रहेका छन् । जस मध्ये मनाङ-ङिश्याङ गा.पा वडा नं-६ स्थीत अन्नपूणर् मावि मात्र जोगिएको छ भने अरु ३ मावि र १ अधारभूत विद्यालयमा क्षेति पुगेको छ ।


जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था छैन । नासों गाउँपालिका-१ ताल गाउँ स्थित भानु माविमा हालसम्म पनि मर्‍र्याङदी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूणर् रुपमा जोखिममा छ ।


चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कोरोनाका कारण विद्यालयको भवन हुदा त पठनपाठन रोकियो तर कोरोना संक्रमण दर कम भएर विद्यालय खुल्ने बेला विद्यालयबाट नै खोला बगेर पठन पाठन ठप्प बनाएर विद्यार्थीरु अन्योलमा छन् ।


विद्यालय भवनमा बाढीको जोखि अझै रहेको कारण विद्यार्थीको पठनपाठनलाई पनि कसरि छिटो भन्दा छिटो कुन मध्यामबाट सुचारु गर्ने भन्ने बारेमा सबै निकायले मिलेर छिटो भन्दा छिटो निणर्य गर्नु पर्ने स्थानियले जनाएका छन् ।

सम्बन्धित समाचार