राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामाको घोषणा

राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामाको घोषणा

 
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
खिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिन लागेको बताएका छन्।
‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले भनेका छन् । राजीनामाको घोषणा गर्दै अल्मुताइरी नेम्वाङलाई सोधेका छन्, ‘अब तपाईँ खुशी हुनु भयो होला नि?’

सम्बन्धित समाचार