रेशम चौधरी निर्वाचन आयोग जाने

रेशम चौधरी निर्वाचन आयोग जाने


जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् ।
यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।
जेलर बसन्त पुरीले आयोगलाई निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए । आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय भइरहेको पनि जेलर पुरीले बताए ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।
हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने एकीन भएको छैन ।

सम्बन्धित समाचार