टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने

टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने


टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निणर्य गरेको छ ।

रंगशालामा कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच सहमति भएको हो ।

आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ । तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने समितिले जनाएको छ । रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ ।

विज्ञप्तिमा दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर सोझै आप्mनो गन्तब्य जान सुझाइएको छ ।

सम्बन्धित समाचार